काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सञ्चालन गरेको “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔँ” योजना अन्तर्गत स्वादेन लिम्बूले १ लाख रुपैयाँ जितेका छन् ।
“विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔँ” योजना अन्तर्गत १ लाख रुपैयाँ जित्ने पहिलो व्यक्ति स्वादेन लिम्बू हुन् । उनले बेलायतबाट रेमिट्यान्स पठाउँदा सो रकम जित्न सफल भएका हुन् ।
सिटी एक्सप्रेसले समस्त नेपालीहरुको चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजना घोषणा गरेको थियो । जस अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना एक जनालाई १ लाख रुपैयाँ, हरेक हप्ता पाँच जनालाई २५ हजारका साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई ५०० रुपैयाँको वालेट टपअपको अफर रहेको छ । यस्तै एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ।
सोही योजना अनुरुप अहिले सम्म ३१०० जनाले ५०० रुपैयाँको वालेट टप् अप, २० जना सप्ताहिक बिजेताहरुले २५ हजार रुपैयाँ जित्न सफल भैसकेका छन् । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले १ लाख जित्न सफल भएका हुुन् ।
कम्पनीका अनुसार यस “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें” अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
Comment