पीडितकेन्द्रित भएर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छः अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, शान्ति प्रक्रियालाई पीडितकेन्द्रित भएर संक्रमणकालीन न्याय दिन आवश्यक रहेको बताएका छन् ।

मंगलबार संसदमा महासचिव गुटेरेसको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडितकेन्द्रित भएर पीडितलाई संक्रमणकालीन न्याय उपलब्ध गराएर छिटो समाधान गर्नुपर्ने बताए । 

उनले भने,‘शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडितकेन्द्रित भएर संक्रमणकालीन न्याय पीडितलाई उपलब्ध गराएर, नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्का सुझाबसमेतलाई ध्यानमा राखेर यसलाई समाधान गर्नुपर्छ, सकेसम्म छिटो समाधान होस भन्ने कामना गर्नुभएको छ । उहाँको सम्बोधनलाई धन्यवाद दिन चाहन्छु ।’ 

महासचिव गुटेरेसले नेपाल र नेपाली राष्ट्रको राम्रो मूल्यांकन गरेको बताए । गरिब देशहरूलाई सम्पन्न र धनी देशहरूले सहयोग समर्थन गर्नुपर्ने, संयुक्त राष्ट्रसंघमा जनाएका प्रतिबद्धता पूरा गर्नुपर्नेमा गुटेरेसको विशेष जोड रहेको उनको भनाइ छ । ओलीले गुटेरेसको सम्बोधन संक्षिप्तमा र धेरै राम्रो रहेको बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।