मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँटको मिति तय, १४ लाख बढीको हात खाली हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ बाँडफाँटको मिति तय भएको छ । लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार बिहिबार (कात्तिक १६ गते) बिहान ८ः३० बजे बाँडफाँट हुने जनाएको हो ।

एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । एफपिओमा अन्तिम दिनसम्म १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार १४ लाख २१ हजार ७७७ जना आवेदकले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ता लागि आवेदन दिएका हुन् ।जुन माग भन्दा १३०.६३ गुणा बढी आवेदन हो ।

कम्पनीको एफपिओ १२ हजार ३८१ जनाले १०/१० कित्ता र सोहि मध्यका ६ जनाले थप १/१ कित्ता गरि ११ कित्ता पाउनेछन् ।कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६।४५ कित्ता शेयर निष्काशन गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।