महासचिव गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित सङ्घीय संसद सचिवालयमा रहेको राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो ।

अध्यक्ष तिमिल्सिनासँगको भेट लगत्तै महासचिव गुटेरेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका छन् । उनीहरुबीच गृहमन्त्रालयमा भेटवार्ता भएको हो ।

महासचिव गुटेरेसले आजै सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् । चारदिने नेपाल भ्रमणमा रहेका गुटेरेसले यसअघि उच्चस्तरीय भेटवार्ता र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको अवलोकन भ्रमण गरिसकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।