आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  मंगलबार सुनको भाउमा गिरावट आएको छ ।

सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार १ लाख १६ हजार रुपैयाँ तोकिएको छ । आज सुनको भाउ ५०० रुपैयाँ घटेको हो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजावी सुन १ लाख १५ हजार ९५० रुपैयाँ तोकिएको थियो ।

यता आज चाँदीको भाउमा भने वृद्धि भएको छ । सोमबार १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९१ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव १५ डलरमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।