स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

जस अनुसार कम्पनीले  १९ प्रतिशत (करसहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।

कम्पनीले प्रतिसेयर १९ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले नगद लाभांश पाउने छन् ।

 गत वर्ष आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीले करसमेत १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्ला दुई आर्थिक वर्ष कम्पनीले नगद लाभांशमा मात्र जोड दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।