सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल प्रहरीले सम्पर्कमा नआएका २२ प्रहरी अधिकारीलाई हाजिर हुन  निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार सूचना प्रकाशन गरी हाजिर हुन आउन उनीहरूलाई निर्देशन दिएको हो।

सूचना प्रकाशन भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण दिन भनिएको छ। अन्यथा सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ। 

सम्पर्कविहीन हुनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।