प्रधानमन्त्री र महासचिव गुतेरसबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनिओ गुतेरसबीच भेटवार्ता भएको छ। 

महासचिव गुतेरस र प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेलगत्तै गुतेरसले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन्। 

चारदिने औपचारिक भ्रमणका लागि गुतेरस शनिवार राति काठमाडौँ आइपुगेका थिए। उनले आजै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ। महासचिव गुतेरसले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।