फोनपेले गर्‍यो एकै दिनमा १० अर्बभन्दा बढीको भुक्तानी कारोबारको सेटलमेन्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक कम्पनी फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कम्पनीले गत असोज ३० उक्त रकमबराबरको भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरेको हो ।

फोनपेले एकै दिनमा १० अर्बभन्दा बढीको कारोबार सेटल गर्ने यात्रा रातारात सफल भएको भने पक्कै होइन । सन् २०१९ बाट कारोबार सुरु गरेको यस कम्पनीले लगातार नवीन सेवा, प्रभाव र पूर्वाधारका सन्दर्भमा अगाडि बढिरहनाले नै यस्तो सफलता हासिल गर्न सकेको हो । यस कम्पनीले पहिलो वर्षमा नै नेपालका लगभग सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आबद्ध गराइसकेको थियो । 

नेपालमा पहिलोपटक क्यूआर प्रविधि ल्याउने क्रममा फोनपेले पोइन्ट अफ सेल (पीओएस) पूर्वाधारको तुलनामा लागत र परिचालन दुवै पक्षहरूलाई ध्यानमा राख्दै व्यापारी-मैत्री प्रणालीको विकास सुनिश्चित गरेको कुरा सबैलाई अवगत नै छ । नयाँ सुविधाहरू प्रस्तुत गर्ने सन्दर्भमा मात्रै नभई सो सुविधाहरूलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि फोनपे अगाडि रहेको देखिन्छ ।

हाल फोनपेको नेपालमा पीटुएम (व्यक्तिदेखि व्यापारी भुक्तानी) खण्डमा ९९ प्रतिशत र पीटुपी (व्यक्तिदेखि व्यक्ति भुक्तानी) खण्डमा ६२ प्रतिशत बजार हिस्सा छ । 

कम्पनीले पाएको सफलताका बारेमा फोनपेका सीईओ दिवास कुमारले भने , ‘यो उपलब्धि हाम्रा लागि ठूलो गर्वको कुरा हो ।  नेपालमा डिजिटल भुक्तानीलाई सशक्त बनाउने हाम्रो सामूहिक प्रयास फलदायी रहेको अनुभूति भएको छ । हामीले निरन्तर ग्राहकहरूको आवश्यकतालाई हाम्रो प्रमुख प्राथमिकतामा राख्दै आएका छौँ । जसअनुरुप भुक्तानीका समाधानहरूलाई अझै विस्तार गर्ने लक्ष्यतर्फ हामी अगाडि बढेका छौँ । हाम्रा उपलब्धिहरूको पछाडि स्तम्भ भई हामीलाई साथ दिनु हुने बैँक तथा वित्तीय संस्थाहरू र हाम्रा नियामकहरूलाई धन्यवाद दिन चाहन्छु ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।