महासचिव गुतेरसको सम्बोधनबारे सभामुखले संसदलाई गराए जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  संयुक्त राष्ट्रसंघ (युएनओ)का महासचिव आन्तोनियो गुतेरसले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नेबारे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सांसदहरुलाई जानकारी गराएका छन्। 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले महासचिव गुतेरसको सम्बोधनबारे जानकारी गराएका हुन्। घिमिरेले गुतेरसले कात्तिक १४ गते मंगलबार दिउँसो ४ बजे संसदको दुवै सदनलाई सम्बोधन गर्ने भनेर सरकारबाट पत्र प्राप्त भएको जानकारी गराए। 

सभामुख घिमिरेले गुतेरसको सम्बोधनको दिन औपचारिक पोशाकमा दिउँसो ३ः४५ बजेसम्म संसदमा उपस्थित भइसक्दा सांसदहरुलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभा नियमावली २५१ मा कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।