राष्ट्रसङ्घ महासचिव गुटेरेस सिंहदरबारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुगेका छन् । उहाँनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची रहेको छ ।

सुरुमा परराष्ट्रमन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुग्नुभएका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरे । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्व निर्धारित कार्यक्रम भने पर्सि मङ्गलबारका लागि सरेको जनाइएको छ । 

 त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्ने कार्यक्रम छ । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।