गाजामा अर्को चरणको युद्ध शुरू गरिएको इजरायलको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इजरायल र प्यालेस्टाइनी अतिवादी समूह हमासबीच जारी युद्ध २३औं दिनमा पुगेको छ । युद्ध रोक्न राष्ट्र संघले गरेको आह्वानलाई अस्वीकार गर्दै गाजामा इजरायलको युद्ध  ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गरेको टिप्पणीलाई प्रतिध्वनित गर्दै सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले आफ्नो कार्यहरू विस्तार गरिरहेको बताएका हुन् । 

इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भनेका छन्, ‘हामी गाजामा हमास विरुद्धको हाम्रो युद्धको अर्को चरणमा (जल, जमिन र आकास) बाट अघि सर्दैछौं।’

जारी युद्धमा अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन् । गत अक्टुबर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रूपमा इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकास तिनै स्थानबाट आक्रमण गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।