प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय गरिएको छ।

आजकाे बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन्।परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।