कांग्रेसको चियापानमा सर्वसाधारण र भीआइपीलाई फरक मेनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले दसैंको अन्तिम दिन पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापानमा शीर्ष नेतादेखि सर्वसाधारणको घुँइचो लागेको थियो । प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछानेलगायतका नेता९कार्यक्रता कार्यक्रममा पुगेका थिए । 

त्यस्तै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललगायतका नेता सहभागी भएका थिए ।  चियापानमा सर्वसाधारण र भिआइपीलाई फरक मेनु राखिएको थियो। 

पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणका लागि ग्राउन्ड हलमा समोसा, केरा, निम्की, बर्फीसहितको प्याकेटको व्यवस्था गरिएको थियो।   यस्तै अतिथि तथा भीआइपीका लागि रोस्टेट मुस्ताङ आलु, मासको बारा, स्विटकर्न, चिकेन, चिज एन्ड कुकुम्बर स्यान्डविचको व्यवस्था गरिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।