केपी ओलीविरुद्ध राजावादीले भ्रम छर्दैछन्, सचेत बनौँ : शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रम छर्न लागिपरेको भन्दै सचेत रहन आग्रह गरेका छन्। 

बुधबार बिहान सामाजिक सञ्जालमा लेखेर पोखरेलले पहिले माओवादीले गरेजस्तै राजावादीले ओलीविरुद्ध भ्रम छर्न लागिपरेको बताएका हुन्। उनले सुशासन र विकासको मामिलामा सबैभन्दा योग्य देखिएको व्यक्ति (ओली) माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार भएको तर्क गरेका छन्।

‘नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो’, उनले लेखेका छन्, ‘भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौँ।’

महासचिव पोखरेलले वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार भ्रम सिर्जना गर्नु भएकाले सचेत रहन आग्रह गरेका छन्। 

उनले पहिले माओवादीहरूले जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गरेको उल्लेख गरेका छन्। अहिले राजावादीले त्यही पथ पछ्याउँदै कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको उनको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।