पिङ खेल्दा लडेर एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा । पिङ खेल्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका – ८की कल्पना कोइराला रहेकी छन्।

सोमबार साँझ पालुङटार ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर घाइते भएकी कोइरालालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिङबाट लडेर उनको टाउकोमा चोट लागेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।