धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्नेच्युडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ।  धादिङ केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खहरे आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो । 

भूकम्पको काठमाडौँलगायत आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए।

सो भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परकम्प भएको उनकाे भनाइ छ । भूकम्पबाट क्षति भए/नभएको बारे विस्तृत विवरण आउन बाँकी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।