आज २०८० कात्तिक ४ गते शनिबार , यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० कार्तिक ४ गते, शनिवार, २१ अक्टाेबर २०२३। आश्विन शुक्लपक्ष सप्तमी तिथि। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु।

आजको राशिफल

मेषः दिन राम्रो छ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ।

मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कर्कटः उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।

सिंहः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

तुलाः दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।

वृश्चिकः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।

धनुः दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।

मकरः दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भः दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मीनः अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।