एनआरएनएको अध्यक्षमा डा.बद्री केसी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

केसी १ हजार ३ सय ७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २ सय ८१, श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरेका छन् । स‌ंघकाे उपाध्यमा डा. हेम राज शर्मा, रोविन शेरचन, रामशरण सिमखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र डा. विनोद श्रेष्ठ  निर्वाचित भएका छन् ।

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान विजयी भइन् । यस्तै युवा उपाध्यक्षमा रोसन थापा विजयी भए । संघको महासचिवमा गौरीराज जोशीले २ हजार ३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १ हजार ८ सय १८ मत प्राप्त गरे । 

यस्तै उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ विजयी भए । ६ सचिव पदमा भीम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी , मनोज कुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप शाह विजयी भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।