नवरात्रको छैटौं दिन : कात्यायनी देवीको पूजा गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपालीहरूको महान पर्व बडादशैंको छैटौं दिन आज कात्यायनी माताको पूजा आराधना गरिँदैछ।

नवरात्रको छैटौं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ। देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध छन्।

कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ ।

यस दिन सात वर्षीया कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ।

देवकार्य सिद्ध गर्न माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ। कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ।

उनलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।