आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्न सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्धित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार युएईको केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त बोटिम अल्ट्रा एप मार्फत आइएमईको डिजिटल वालेट आइएमई पेमा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्वद्धन गर्न दुवै पक्षले सहकार्य गर्ने छन् ।

यस रणनीतिक सहकार्यमार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठूलो सहयोग पुग्नुको साथै आइएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने पनि आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले उल्लेख गरे ।

अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन महत्त्वपूर्ण कदम रहेको उल्लेख गरेका छन् ।

यो रणनीतिक साझेदारी, युएइ र त्यसभन्दा बाहिर समेत आर्थिक समावेशिता प्रवर्द्धन गर्न केन्द्रित रहेको पनि प्रमुख व्यापार अधिकृत मिशेलले उल्लेख गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।