काठमाडौं । सिटिजन बैंकका अध्यक्ष प्रवलजंङ्ग पाण्डेले पद ता गोपनियताको सपथ लिएका छन । बुधवार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
अध्यक्ष पाण्डे यसअघि पनि बैंकको संचालकको हैसियतमा चार वर्ष काम गरिसकेका छन् । उनले इन्जीनियरिङ्ग संकायमा स्नातक गरेका छन् । पाण्डे विगत दुई दशक भन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको छ ।
सपथ ग्रहण पश्चात कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले गर्भनर लगायत उपस्थित सम्मपूणलाई धन्यवाद ज्ञापन गरे । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाको वारेमा प्रकाश गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।
Comment