कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, प्रदेश सभा बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत लिँदै छन । गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त उनले विश्वासको मत लिने प्रयोजनका लागि आज कोशी प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।

आज १ बजेर ५ मिनेटमा सुरु भएको प्रदेश सभा बैठकमा आफ्नो सरकारलाई विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूले सिद्धान्त र विचारमा विचलित नभई जनताका आवश्यकता र चाहना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले मुलुकको संघीय संरचनालाई अझ बलियो बनाई अघि बढ्न सबैले संकल्प गर्नुपर्ने बताए । कोशी प्रदेश सभामा ९३ सदस्य छन र बहुमतका लागि ४७ मत चाहिन्छ ।

गत असोज २७ मा उनलाई नेपाली कांग्रेसका आठ र नेकपा एमालेका ३९ जनाको समर्थन प्राप्त भएको थियो । प्रदेशसभा बैठकमा विश्वासको प्रस्तावका विषयमा छलफल जारी भएको र केही समयपछि मतदान हुने कार्यसूची छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।