श्रीमानले यातना दिएपछि बुबाले बाजागाजासहित छोरीलाई माइती फिर्ता ल्याए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली । विवाहपछि यातना पाएकी एक महिलालाई उनका बुबाले बाजागाजा बजाएर हर्ष बढाईं गर्दै माइती फर्काएका छन् । यो घटना भारतको झारखण्ड राज्यको राजधानी राँचीको हो ।

साक्षी गुप्ताको विवाह सन् २०२२ को अप्रिल २८ तारिखमा झारखण्डको बिजुली विभागमा काम गर्ने सचिनकुमार सँग निकै धुमधाम पूर्वक भएको थियो । विवाहपछि साक्षीलाई परिवारले दुर्व्यवहार गर्न थाले । बेला बेलामा घरबाटै निकाल्ने सम्म गर्न थाले । सचिनले अर्को विवाह पनि गरेको थाहा पाएपछि साक्षी निकै दुःखी भइन् । 

साक्षीले भनेकी छिन, ‘सबै कुरा थाहा पाउँदा पनि मैले हिम्मत नहारी सम्बन्ध जोगाउन धेरै प्रयास गरेँ । तर आफूमाथि भएको यातनाका कारण सँगै बस्न नसक्ने अवस्थामा पुगेँ ।’

उनले यसरी बस्न नसक्ने भएपछि मुक्त हुने निधो गरिन र यो कुरा बुबालाई सुनाइन । उनका बुबाले छोरीको वेदना थाहा पाएपछि साथ दिने तय गरे । त्यसपछि उनले बाजागाजा र आतिशबाजी गर्दै छोरीलाई लिन १५ अक्टोबरका दिन उनको घर पुगे । भव्य हर्ष बढाई गर्दै उनले छोरीलाई फिर्ता ल्याए । साक्षीका बुबा प्रेम गुप्ताले परिवारले दिएको शोषणबाट छोरी मुक्त भएको खुसियाली मनाउन उत्सवको आयोजना गरेको प्रतिक्रिया दिएका छन् । 

साक्षीका बुबाले सामाजिक सञ्जालमा लेखेको छन्, ‘मानिसहरू आफ्नो छोरीलाई ठूलो सपना सजाएर र धुमधामका साथ विवाह गर्छन । तर यदि श्रीमान् र परिवारले गलत व्यवहार गरे भने आफ्नो छोरीलाई आदर र सम्मानका साथ फिर्ता ल्याउनु पर्छ । किनकी छोरी धेरै अनमोल हुन्छिन् ।’

साक्षीले पतिसँग सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्दा दर्ता गराइ सकेकाे भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले उल्लेख गरेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।