गणतन्त्र पछि जनताको आधारभुत आवश्यकताहरु पुरा हुन सकेन : काफ्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले संघीय लोकतान्त्रिक गणतन्त्र पछि जनताको आधारभुत आवश्यकताहरु पुरा हुन नसकेको बताएका छन । 

नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशले सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र पछि जनताको आधारभुत आवश्यकताहरु पुरा हुन नसकेको बताएका हुन । 

कार्यक्रममा बोल्दै उनले अहिलेको राजनितिक घटनाक्रम लगायत विविधले गर्द आम मनिसहरुले विभिन्न कोणबाट राजनितिक माथि प्रश्न गदै आइरहेको समेत बताए । 

शुभकामना आदान–प्रदान र चियापान कार्यक्रममा नेपाली काँग्रेसका पूर्वमहामन्त्री, पूर्वउपप्रधानमन्त्री कृष्ण प्रसाद सिटौला, कांग्रेस केन्द्रिय सूचना संचार तथा प्रचार बिभाग संयोजक पूर्वमन्त्री मीन बिस्वकर्मा, पूर्वमन्त्री मा. हृदयराम थानी, नेबिसंघ पूर्वअध्यक्ष काँग्रेस नेता मा.प्रदिप पौडेल, नैनसिंह महर, कांग्रेस केन्द्रिय सदस्य कुन्दनराज काफ्ले, प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल एवं  प्रेस युनियनका शुभेच्छुकहरुको सहभागिता रहेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।