केटीएम सिटीको दशैं अफर, प्लेनको टिकटसमेत पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बडादशैंको अवसरमा केटीएम सिटीले बजारमा विशेष अफर ल्याएको छ । दशैं अफरमा ग्राहकले सामान खरिद गर्दा बस तथा विमानको टिकट निशुल्क प्राप्त गर्न सक्नेछन् ।

नेपालीहरुको विशेष चार्ड बडादशैंको अवसरमा ग्राहकलाई रित्तो हात हुन नदिन ५ सय रुपैयाँसम्मको खरिदमा पठाओको प्रमोशन कोड, १ हजार सम्मको किनमेल गर्नेका लागि बफ र टोपी तथा २ हजारसम्मको किनेमेल गर्ने ग्राहकहरुले रुमाल प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी अब ग्राहकले यो दशैं र तिहारमा ६ हजार मूल्यका सामान लिएर जुनसुकै सहर जान बसको टिकट प्राप्त गर्न सक्नेछन् । केटीएम सिटीको २० हजारसम्मको सामान किन्नेले झापा, बुटवल वा पोखराको उडान टिकट पनि पाउनेछन् । साथै केटीएम सिटीले ३० हजारभन्दा माथिका सामान खरिद गर्ने थोक ग्राहकले १५ प्रतिशत छुट पाउने बताएको छ ।

बडादशैं अफर नजिकैका पसल तथा अनलाइनबाट लिन सकिने कम्पनीले जनाएको छ । यो अफर सिमित अवधिका लागि लागू हुने बताइएको छ । नेपाली अपेरियल ब्राण्ड केटीएम सिटीले दशैंलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई यो उपहार योजना बजारमा ल्याएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।