काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन्।
चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी गएराति चीन प्रस्थान गरेको पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा. शङ्कर खतिवडाले जानकारी दिए।
खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता साथै कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्राडा युवराज सङ्ग्रौला पनि चीन प्रस्थान गरेको छ। नेतालगायतको टोली यही अक्टोबर २२ मा स्वदेश फर्किने कार्यक्रम छ।
Comment