इजरायलमा ज्यान गुमाएकामध्ये ५ जनाको शव दूतावासलाई हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ । बाँकी शव पाउन प्रक्रिया जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको छ ।  आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भैसकेका छन् भने दुई जना अस्पतालमै उपचाररत छन् । बाँकी दुईमध्ये एक जना नेपाल पुगिसकेका छन् र अर्का एक जना भने दूतवासको हेरचाहमा रहेका छन् । 

असोज २० गते हमासले एक्कासि आक्रमण गरेपछि १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।