पेट्रोल, डिजेलको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी  पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको छ । 

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्यअनुसार पेट्रोले र डिजेलको मूल्य घटेर आएपछि नेपालमा पनि पेट्रोलमा प्रतिलिटर ११ र डिजेलमा १५ रुपैयाँ घटेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १६९.५, दोस्रो वर्गमा १७१ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम भएको छ ।  त्यस्तै, डिजेलको प्रतिलिटर डिजेलको पहिलो वर्गमा १६्५.५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा १६८ रुपैयाँ भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।