काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की आइतबार बिहान ओली निवास बालकोट पुगेका हुन् ।
भेटमा कार्कीले ओलीलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । ओलीले राम्रो काम गर्न सुझाव दिएका थिए । उनले भने ‘राजनीति हो, राम्रै काम गर्नु ।’
Comment