काठमाडौं । १४ दिनदेखि आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ ।
विभिन्न माग राखेर संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति भएको हो।
सहमतिपछि एक सातादेखि जारी आन्दोलन पनि फिर्ता लिइएको उनले बताए। संघीय निजामती सेवा ऐनमा आफूहरूलाई विभेद गरिएको भन्दै कर्मचारी आन्दोलित बनेका थिए।
संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा र सर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने, स्थानीय सेवाका स्थायी कर्मचारीलाई निजामती कर्मचारीका रूपमा परिभाषित गर्ने व्यवस्थाका लागि प्रदेश कानून निर्माण गर्न पहल गर्ने, विद्यमान कानूनमा भएको सेवा परिवर्तन सम्बन्धी व्यवस्था बमोजिम आवश्यकता अनुसार प्रक्रिया अगाडि बढाउनेलगायत सहमति भएको छ।
Comment