पाकिस्तानमा बन्दुकधारीले गरे ६ मजदुरको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । पाकिस्तानको अशान्त दक्षिण पश्चिम प्रान्त बलुचिस्तानमा बन्दुकधारीहरूले छ जना निर्माण मजदुरको हत्या गरेका छन् । 

बन्दुकधारीहरूले रातको समयमा मजदुरहरूको गोलीहानी हत्या गरेको पाकिस्तानी प्रहरीले शनिबार बताएको छ ।

उक्त प्रान्तको राजधानी क्वेटाबाट करिब तीन सय ७७ माइल दक्षिण पश्चिममा पर्ने तुर्बात सहरमा बन्दुकधारीले आठजना निर्माण मजदुरमाथि गोली चलाएको प्रहरी अधिकारी हिदायातुल्लाह दास्तीले जानकारी दिए ।

उनका अनुसार घाइते दुई जनालाई अस्पताल पुर्याइएको छ ।अधिकारीका अनुसार मजदुरहरू सहरको निजी निवास निर्माण परियोजनामा संलग्न रहेका  थिए ।

आक्रमणको तत्काल कुनै समूहले पनि जिम्मा नलिएको पनि उनले बताए । करिब दुर्ई दशकदेखि केन्द्र सरकारबाट बलुचिस्तान लिबरेसन आर्मी र अन्य पृथकतावादी समूहहरूले स्वतन्त्रताको माग गरेसँगै बलुचिस्तान निम्नस्तरीय विद्रोह स्थल भएको छ ।

बलुचहरूले प्राय पञ्जाबका मानिसहरूलाई पनि निशाना बनाउँछन् । यसअघि पञ्जाबी र सिन्धीहरू मजदुरहरू निशानमा पर्थे । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।