नेपाल र बहराइन भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । एसीसी यू–१९ मेन्स प्रिमियर कपमा नेपालले आज बहराइनसँग खेल्दैछ। 

मलेसियामा हुने खेल बिहान नेपाली समय अनुसार सवा सात बजे सुरु हुनेछ। नेपाल र बहराइनको खेल बायोमास ओभलमा हुनेछ।  आजको खेलमा नेपालले सहज जितको लक्ष्य राखेको छ। समूहमा निकै सहज प्रतिद्वन्द्वी पाएको नेपाल अपराजित रहँदै सेमिफाइनल पुग्ने योजनामा छ। 

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले हराएको थियो।  बहराइनले भने आफ्नो पहिलो खेलमा नै साउदी अरेबियासँग हार बेहोरिसकेको छ।​

प्रिमियर कपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। सबै समूहको शीर्षस्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्। यही समूहको अर्को खेलमा इरानले साउदी अरेबियासँग खेल्ने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।