एनएमबी बैंकको पुतलीसडक शाखामा ‘ई-पेमेन्ट हब’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएमबी बैंकको पुतलीसडक शाखामा एनएमबी ई-पेमेन्ट हबको उद्घाटन गरिएको छ।

यस हबको प्रयोग गरी ग्राहकहरूले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीईइ, एसएटी, यूएसएमएलई, फ्लाइवइर, स्विफ्ट, जीआरई, एसीसीए लगायत विविध अनलाइन भुक्तानी सेवा लिन सकिने बैंकले जनाएको छ।

एनएमबी इपेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।

एनएमबी बैंकले हाल देशभरका २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।