ग्लोबल आइएमईको दसैं विशेष टिकटक प्रतियोगितामा, विजेताले ६० हजार पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता आयोजना गरेको छ । बैंकले युवा युवतीहरूमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गरेको हो ।

उक्त प्रतियोगितामा सहभागी हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैंको सामग्रीहरु समावेश गरी तयार गरेको गीतमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनिक गरेको शर्तहरु पूरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ ।

प्रतियोगितामा सहभागी मध्ये धेरै लाइक आउने तीन जना सहभागीलाई पुरस्कार दिइने छ । प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३५ हजार र तेस्रोलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यो प्रतियोगीतामा सहभागी हुन कात्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।