राष्ट्रपतिसमक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न तीन संवैधानिक आयोगको प्रतिवेदन पेस भएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै समारोहमा लोक सेवा आयोग, भाषा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस भएको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले ६४औँ वार्षिक प्रतिवेदन, भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले सातौँ वार्षिक प्रतिवेदन र वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आव २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरे । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।