दोहोरो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४. ६० विन्दुमा झरेको हो ।

यसदिन २९२ कम्पनीको १ अर्ब ७० करोड १ लाख २९ हजार ८१५ रुपैयाँ बराबरको ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १२ समूहको परिसूचक घटेको छ भने १ को बढेको छ ।

आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । भगवती हाइड्रोपावर र मिड सोलु खोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, माण्डू हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, एनआइबीएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।