काठमाडौंका यी क्षेत्रमा कात्तिक ४ गतेसम्म विद्युत सेवा प्रभावित हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लौनचौरस्थित सबस्टेसन स्तरोन्नति गर्न लागेकोले  काठमाडौंका विभिन्न स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने  जनाएको छ ।

प्राधिकरण काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६ / ११ के.भी. सबस्टेसन स्तरोन्नतिका लागि उक्त सबस्टेसनबाट सञ्चालित विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरिएका कारण माथि यी स्थानमा असोज २४ गतेदेखि विद्युत सेवा प्रभावित हुन सक्ने प्रधिकरणले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।