काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैँको अवसरमा काठमाडौँ टोखास्थित झोरमा रहेको कोटे अल इन वन रिसोर्टले सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
असोज २८ गते साँझ ३ बजेदेखि ७ बजेसम्म सांगितिक कार्यक्रमको आयोजना गरीएको रिसोर्टले जनाएको छ।
कार्यक्रममा सांगितिक प्रस्तुती दिनका चर्चित लोकदोहोरी कलाकार चन्दा खत्री र शेर थामी रिसोर्ट आउने भएका छन्।
स्थानीय परिकारको स्वाद संरक्षण र प्रवर्धन गर्न सांगितिक कार्यक्रम आयोजना गरिएको सञ्चालक कृष्ण पौडेलले जानकारी दिए । कार्यक्रमका लागि एकल टिकट २५ सय, युगल टिकट ४ हजार र परिवार टिकट ६ हजारको रहेको रिसोर्टले जनएको छ ।
Comment