चिरख्वा हाइड्रोपावरको आइपीओमा ६.६८ गुणा बढी आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओमा ५७ करोड ४३ लाख ७ हजार रुपैयाँ सङ्कलन भएको छ ।

सिडिएसका अनुसार बुधवार अर्थात् असोज २४ गते साँझ ५ः०७ बजे ५ लाख २० हजार २ जना आवेदकले ५७ लाख ४३ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ६.६८ गुणा बढी आवेदन हो । 

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरी बाँडफाँट पनि गरिसकेको छ । अब भने स्थानीय बासिन्दाका लागि निष्कासन गर्दा आवेदन नपरेको सेयर सहित सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो ।

यस अघि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्कासन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

सो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आइपीओमा छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।