‘रातो र चन्द्र सूर्यको धुनमा रंगशाला गुन्जिरहोस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले घरेलु मैदानमा बिहीबार लोओसविरुद्ध खेल्दै विश्वकप छनोट यात्रा शुरू गर्दैछ । खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले भोलिको खेललाई भव्य बनाउन दर्शकहरुलाई आग्रह गरे । दशरथ रंगशालामा हुने हरेक खेलमा १२औं खेलाडीका रुपमा घरेलु दर्शक हुने भन्दै उनले भने, ‘भोलि नेपालको ठूलो झण्डा देख्न पाउँ, सबै मिलेर राष्ट्रियगान अनि रातो र चन्द्रसूर्य गाऔं ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।