लोकसेवाले रोक्यो सहसचिव र उपसचिवको विज्ञापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  लोक सेवा आयोगले आज प्रकाशित हुनुपर्ने विज्ञापन रोकेको छ। 

सरकारले गरेको माग अनुसार प्रकाशित गर्नुपर्ने विज्ञापन आयोगले कारण नै नखुलाई रोकेको सूचना प्रकाशन गरेको हो।

‘आयोगको वार्षिक कार्य तालिका २०८०/०८१ अनुसार मिति २०८०/६/२४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको ब्यहोरा आयोगको मिति २०८०/६/२३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर विशेष कारण के हो त्यो भने खुलाएको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।