उच्च अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ३५.६५ अंकले घटेर १९२१.२४ विन्दुमा आइपुगेको छ । आइतबार २८९ कम्पनीको १ अर्ब ८० करोड रुपैयाँ बढीको ५८ लाख १५ हजार १८९ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै २.७२ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै पौने ७ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा १२ करोडको सीमा बढाए पनि लगानीकर्ताको मनोवल बढ्न सकेको देखिएन । राष्ट्र बैंकले गत शुक्रबार १२ करोडको सीमा बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागतका लागि २० करोड बनाएको थियो ।

शेयर धितो कर्जाको सीमा थोरै बढाए पनि जोखिम भार १५० प्रतिशत कायमै राख्दा लगानीकर्ता आशावादी बन्न नसकेका हुन् । लगानीकर्ताले लामो समयदेखि शेयर धितो कर्जाको सीमा हटाउनु पर्ने र जोखिमभार घटाउनुपर्ने माग राख्दै आएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।