६१ किलो सुन तस्करीका २५ जनालाई थुनामा पठाउने आदेश, रूक्मिनासँग धरौटी माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

माधवप्रसाद मैनालीको इजलासले रूक्मिना सुब्बालाई ५ लाख धरौटीमा रिहा गर्न र बाँकी २५ जनालाई थुनामा पठाउने आदेश दिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयकी एजेन्ट रुक्मिणा घाँटीको क्यान्सर पीडित हुन्।

सुन तस्करीमा संलग्न रहेको अरोमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन् । पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन् ।

प्रतिवादी सबैलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगोदाबी गर्दै मुद्दा दायर भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।