नुवाकोट । विदुर नगरपालिका मेयर राजन श्रेष्ठले आफूले मेयर वापत पाउने सरकारी सुविधा वापतको रकमबाट विद्यालयका विद्यार्थी ट्र्याकसुट वितरण गरेका छन् ।
विदुर नगरपालिका वडा नं २ मा रहेको भिमसेन माध्यमिक विद्यालयमा अध्ययनरत दुई सय ६५ विद्यार्थीहरुलाई मेयर श्रेष्ठ र उक्त विद्यालयको व्यस्थापन समितिका अध्यक्ष सुरजमान श्रेष्ठले व्यक्तिगत खर्चमा विद्यालय पोशाक ट्र्याकसुट वितरण गरेका हुन ।
आज विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरिएको मेयर श्रेष्ठको सचिवालयले जनाएको छ । श्रेष्ठद्धयको यस प्रकारको सहयोगप्रति अभिभावक तथा विद्यार्थीहरुले प्रसंशा गरेका छन् ।
Comment