नाडामा प्रि-बुक गरिएका सिट्रोनका गाडी दसैँअघि नै ग्राहकले पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दसैँ अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ।

सांग्रिलाको यो कदमले आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काएको कम्पनीको दाबी छ।

भर्खरै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतिय गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ गरेका थिए।

सिट्रोन ई सि थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मुल्यमा उपलब्ध ईभि हो। आफ्ना ग्राहकहरुको उत्साहजनक प्रतिक्रियाको लागि कृतज्ञता व्यक्त गर्न सिट्रोनले दसैँ अगावै गाडीको डेलिभरी प्रक्रिया सुरु गरेको स्पष्ट पारेको छ।

सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर हेमन्त गोल्छा भन्छन्, ‘नाडा अटो शोमा हाम्रा ग्राहकहरुले देखाउनुभएको माया र साथ प्रति हामी आभारी छौँ। जति पनि गाडीहरु नाडा अटो शोमा बुक भएका थिए तिनीहरु सबै दसैँ अगाडि नै वहाँहरुको हातमा पुर्याइसक्ने उद्देश्यले हामीले यी गाडीहरुको डेलिभरी पनि सुरु गरिसकेका छौँ। आशा छ हाम्रा ग्राहकहरुले यो वर्षको दसैँ तिहार सिट्रोनको नयाँ गाडीसँग रमाइलो तरिकाले मनाउनु हुनेछ।’

सिट्रोनले आफ्ना ग्राहकहरूको नवीनतम आवश्यकताहरू पुरा गर्न ईनोभेटिभ र स्टाइलिश गाडीहरू बजारमा ल्याउन प्रतिबद्ध जनाएको छ।

सांग्रिला मोटर्स प्रा.लि.ले पोखरा र चितवन लगायत थापाथली, बिर्तामोड, इटहरी, विराटनगर, बुटवल, नेपालगंज, दाङ्ग र धनगढीमा पनि आफ्ना नयाँ शोरुमहरु विस्तार गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।