काठमाडौं । नोबेल पुरस्कार समितिले यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियरलाई दिने निर्णय गरेको छ ।
तीनैजना वैज्ञानिकले ‘पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययनका लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गर्ने परीक्षणिक विधि,’ का लागि पुरस्कार पाएका हुन् ।
Comment