एमालेलाई प्रदेश नेतृत्व छान्न सकस,ओलीको निर्देशन उल्लंघन गर्दै धमाधम निर्वाचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने चाहनामा नेताहरुले ‘ब्रेक’ लगाइदिएका छन्। प्यानल बनाएर चुनावमा होमिए उम्मेदवारी नै खारेज गर्ने चेतावनी अधिवेशन उद्घाटनकै बेलामा ओलीले दिइरहेका थिए।

तर ओलीको कडा चेतावनीको उल्लङ्घन लुम्बिनी प्रदेशमा अधिवेशनमा देखिसकिएको छ भने त्यहाँको झिल्का बाँकी प्रदेशमा पनि फैलिँदै गरेको वाग्मतीको अधिवेशनले देखाइसकेको छ।

अधिवेशन सुरु भएको चार दिन बितिसक्दा समेत सहमति हुन नसकेपछि अहिले एमाले महासचिव शंकर पोखरेल अधिवेशनको निर्वाचन स्थल समेत रहेको एमाले पार्टी कार्यालय च्यासल आएका छन् ।

ओलीले प्यानल नबनाउन निर्देशन दिएको भए पनि केन्द्रकै पदाधिकारीले प्रदेश अधिवेशनमा गुट बनाएको प्रस्ट देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।