इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुनालाई महानगरले गर्‍यो स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्द्रजात्रा अवलोकन गर्न आएका अतिथिहरूलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले स्वागत गरेका छन् ।

उनीहरुको सम्मानमा महानगरपालिकाले रात्री भोजको आयोजना गरेको थियो ।

महानगरले सञ्चालन गरेका कामका विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘जात्रा सञ्चालनमा समुदायको सहभागिता, धार्मिक तथा सामाजिक क्रियाकलाप, खानपान, नृत्य, गायन तथा वादनको मौलिक पहिचानले जीवन्तता दिएको छ । यसलाई प्रवर्धन गर्नु हाम्रो साझा जिम्मेवारी हो । महानगरपालिकाले यो जिम्मेवारीलाई प्रणालीमा रहेर सञ्चालन गरिरहेको छ ।’

जात्रा अवलोकन गर्न आउने पाहुनाहरुको स्वागत, सम्पदा मार्ग, जात्रा तथा छिमेकी नगरको अवलोकन भ्रमण, विदाइजस्ता क्रियाकलापसँग सम्बन्धित काम गर्नका विभागीय प्रमुखहरुको संयोजकत्वमा ६ वटा समिति गठन गरिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।