भृकुटीमण्डपको जुत्ता मेलामा ६० प्रतिशतसम्म छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालीहरुको महान् पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैँ फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यहि असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने दशैँ जुत्तामेला संयोजक सविन कार्कीले जानकारी दिए ।

मेलामा शिखर सु इण्डष्ट्रिजको शिखर सुज, रन सु इण्डष्ट्रिजको रन सुज, नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड राखिएको छ ।

संयोजक कार्कीका अनुसार एकमहिने मेलामा महिला, बालकालिका, पुरुष सबै उमेर समूहलाई हुने गरी १० कम्पनीका ३० भन्दा बढी ब्राण्ड एक हजारभन्दा बढी मोडलहरु राखिएका छन् । असोज १० गतेदेखि छुट अफर सुरु हुने मेलामा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट दिएको आयोजकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।